इस्लामाबाद, पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा परेको भारी वर्षा र तीव्र हावाहुरीका कारण ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खराब मौसमका कारण धेरै घर तथा संरचनामा क्षति पुगेको छ। साथै पशुधनमा समेत क्षति भएको बताइएको छ।
प्रभावित क्षेत्रमा स्थानीय प्रशासन र उद्धार टोलीले राहत तथा उद्धार कार्य जारी राखेका छन्। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम पनि भइरहेको छ।अधिकारीहरूले प्रतिकूल मौसमका बेला सतर्क रहन तथा जोखिमयुक्त भवन र संरचनाबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
