नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धुनीबेशी नगरपालिका–३, धादिङस्थित महेश धर्म माध्यमिक विद्यालयमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान, स्व. कृष्ण गोपाल फाउन्डेसन तथा सुवेक्षा इन्टरनेशनल अस्पतालको संयुक्त आयोजनामा पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

असार २४ गते आयोजित उक्त शिविरको उद्घाटन बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्र बहादुर बानीयाँले गर्नुभएको थियो । मन्त्री थापाले ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता स्वास्थ्य कार्यक्रमले क्यान्सरजस्ता जटिल रोगको समयमै पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा जनताको पहुँचमा पु¥याउन प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।

उक्त शिविरमा विशेषगरी ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) तथा स्तन क्यान्सरको निःशुल्क परीक्षण र निःशुल्क औषधी वितरण गर्नुका साथै परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको थियो । साथै जनरल हेल्थ चेकअप, नाक, कान, घाँटी र बालरोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण, हाडजोर्नी तथा नसारोग सम्बन्धी जाँच र अन्कोलोजी परामर्श सेवा समेत उपलब्ध गराइएको थियो ।

कार्यक्रममा सहभागी महिलाहरूले समयमै स्वास्थ्य परीक्षण गराउँदा क्यान्सरजस्ता जटिल रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने भन्दै यस्ता कार्यक्रम समुदायस्तरमा अझ व्यापक रूपमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका थिए । स्वास्थ्यकर्मी तथा विशेषज्ञ चिकित्सकहरूले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट बच्न नियमित परीक्षण, जनचेतना तथा स्वस्थ जीवनशैलीको महत्वबारे जानकारी दिएका थिए ।

प्रमुख अतिथि माननीय मुख्यमन्त्री बागमती प्रदेशका इन्द्र बहादुर बानीयाँ, सभा अध्यक्ष मदु कुमार श्रेष्ठ (अध्यक्ष – स्व कृष्ण गोपाल फाउन्डेसन), विशेष अतिथि धुनीवेशी न.पा.का नगर प्रमुख बालकृष्ण आचार्य, विशेष अतिथि ने.का धादिङका वरिष्ठ नेता माधव राज पाण्डे, अतिथि नेपाल कांग्रेस महा समिति सदस्यका जीवननाथ ढकाल, धादिङ क्षेत्र नं. १ नेपाल कांग्रेसका क्षेत्रिया सभापति कुमार बहादुर सिङ्खडा, धु.न.पा का नगर उप प्रमुख सुरज उप्रेति, धु.न.पा.३का वडा अध्यक्ष प्रकाश हमाल, तथा सुवेक्षा इन्टरनेशनल हपिस्टलका प्रमुख परिचालन अधिकारी इन्दु तुलाधार, मार्केटिङका राहुल महर्जन, डा. निरज विक्रम शाह अथोपेडिक विशेषत्र, डा. समुन्द्र श्रेष्ठ आन्तरिक चिकित्सक, डा. समिम अख्तर वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, डा. सौरव तुलाधार कान, नाक, घाँटी तथा बाल रोग विशेषज्ञ, डा. सुस्मिता यादव स्त्री रोग विशेषज्ञ, सस्मिता अधिकारी, दिलिप खड्का र र्सिजना राई स्वास्थ्य सहायक, साथै धुनिवेशी आर्दश क्याम्पसका निमित क्याम्पस प्रमुख रमेश कडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य सुशिल तामाङ, श्री महेश धर्म मा. वि.का निमित प्र.अ. रितुकान्त पोख्ररेल, पूर्व वि.व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार खड्का, धुनिवेशी –३ नेपाल कांग्रेसका सभापति नारायण श्रेष्ठ, धुनिवेशी – २ नेपाल कांग्रेसका सभापति गणेश खकुरेल, धुनिवेशी – ३ का सदस्य सानु कान्छा तामाङ, समाजसेवी¬ नवराज बराति, राजाराम सेढाई, मुख्य मन्त्रीको स्वकीय.सचिव एन.पि. जोशी, प्रत्रकारहरु रुपेन्द्र अधिकारी र राजाराम डंगोल, धुनिवेशी नगरपालिकाका पूर्व सभापति दिपेन्द्र पाठक, श्री महेश धर्म मा.वि. का सहायकहरु जस्मीन अधिकारी, एलिना तामाङ , अन्जली मगर, दिक्षा तामाङ, संगम बजगाइँ, विजय तामाङ, निश्चल धिताल, जिवन मगर, अन्जली ढकाल, अस्मिता सेढाई, सुजिता सापकोटा, अस्तुका तिमलसिना, ईस्वरा धिताल, सुभम राउत, आसिका आचार्य लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, न्हुज ः गुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ, कार्यक्रमका प्रमुख युबिका श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइली, फोटोग्राफर राम कृष्ण गर्तौलाको उपस्थिति रहेको थियो ।


नेपाल क्यान्सर निवारण प्रतिष्ठानका प्रतिनिधिहरूले क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै ग्रामीण तथा समुदायस्तरमा सहज स्वास्थ्य पहुँच पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् । शिविरले स्थानीय महिलाहरूमा स्वास्थ्य सचेतना वृद्धि गर्नुका साथै प्रारम्भिक परीक्षणमार्फत रोग पहिचान र उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकको भनाइ रहेको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-29