काठमाडौँ — सन् १९०३ मा आजकै दिन (जुलाई २३) मा अमेरिकी मोटर कम्पनी फोर्डले पहिलो कार बिक्री गरेको थियो । ‘फोर्ड मोडल ए’ नाम दिइएको कार अमेरिकाको सिकागोस्थित डेन्टिस्ट अर्नेस्ट फेनिङलाई बिक्री गरिएको थियो ।
१९०३ को जुनमा हेनरी फोर्डले अन्य ११ जना लगानीकर्तासँग मिलेर अमेरिकाको मिसिगनमा कम्पनी स्थापना गरेका हुन् । १९०४ को अन्त्यसम्म झन्डै दुई हजार कार उत्पादन गरेको थियो । १२ जना लगानीकर्ताले २८ हजार अमेरिकी डलरमा सुरु गरेको कम्पनीले १९०३ को अक्टोबरसम्म ३७ हजार नाफा कमाइसकेको थियो ।
१९०४ को अन्त्यमा कम्पनीले दोस्रो मोडल ‘फोर्ड मोडल सी’ उत्पादन सुरु गरेको थियो । १९०८ को अक्टोबरदेखि बिक्री सुरु गरिएको ‘मोडल टी’ का कार १९२७ सम्ममा डेढ करोडभन्दा बढी बिक्री भएका थिए । फोर्ड हाल विश्वकै पाँचौं ठूलो कार निर्माण कम्पनी हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
