चितवन । नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।
रोटरी क्लब अफ रत्ननगरले यही फागुन १९ गते आयोजना गरेकोे ‘रोटरी मिनी म्याराथुन’ मा उनीहरु सहभागी हुन लागेका हुन् । प्रतियोगितामा अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदायबाट ४८ जना महिला र ४१ पुरुष गरी ८९ जना सहभागी हुने भएका आयोजकले जनाए । प्रतियोगितामा लामो दूरी पार गर्ने चेपाङ समुदायलाई नगद दुई हजार र छोटो दूरीका चेपाङ महिलालाई एक हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
म्याराथन कार्यक्रमका संयोजक विपिन पोख्रेलका अनुसार खुलातर्फको १५ दशमलव चार किलोमिटर र महिला लक्षित पाँच किलोमिटर दूरीको दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा दुवै समूहतर्फ गरी छ सय दुईजनाले सहभागिताका लागि नाम दर्ता गराएको पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको पनि सहभागिता रहनेछ । उनले भने, “जर्मनी र केन्याका दुई/दुईजना धावकले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।”
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सीमान्तकृत समुदायका धावकहरुको पनि सो दौडमा सहभागिता रहनेछ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार १५ दशमलव चार किलोमिटरको दौड नारायणगढको उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकबाट सुरु हुनेछ भने पाँच किलोमिटरको दौड टिकौली जङ्गलको मध्यभागबाट सुरु गरिनेछ । दुवै दौड रत्ननगरको हरिहर मार्गमा सम्पन्न हुनेछ ।
भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै रोटरीको जनविश्वास बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । भरतपुर भ्रमण वर्ष र समग्र चितवनको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । क्लबले आयोजना गरेको यो दोस्रो मिनी म्याराथन हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-29
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
