काठमाडौं, नेपालस्थित चाइना कल्चरल सेन्टरले शुक्रबार “न्यु कल्चरल एन्ड क्रिएटिभ वर्कशप: डिजिटल नेसनल ट्रेन्ड इनोभेसन प्रदर्शनी” को शुभारम्भ गरेको छ। एक महिनासम्म चल्ने यस प्रदर्शनीले समकालीन चिनियाँ कला, संस्कृति र सिर्जनशीलतालाई नेपाली दर्शकमाझ प्रस्तुत गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ।

प्रदर्शनी जुन २६ देखि जुलाई २५, २०२६ सम्म काठमाडौंस्थित चाइना कल्चरल सेन्टरमा सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा कलाकार, सांस्कृतिककर्मी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।चाइना कल्चरल सेन्टरका निर्देशक लिउ झानपिङले कला र सिर्जनात्मक उद्योगमार्फत नेपाल–चीनबीचको मित्रता, आपसी समझदारी र सांस्कृतिक आदान–प्रदानलाई थप सशक्त बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए।

उनका अनुसार प्रदर्शनीले चिनियाँ परम्परागत सम्पदालाई आधुनिक सिर्जनशीलतासँग जोड्दै नेपाली दर्शकलाई ‘गुओचाओ’ (चाइना–चिक) संस्कृतिसँग परिचित गराउनेछ।प्रदर्शनीमा ५० भन्दा बढी सांस्कृतिक तथा सिर्जनात्मक सामग्री प्रदर्शनमा राखिएका छन्। सिरामिक, तामाका कलाकृति, सुजोउ कढाइ, वस्त्रकला, कलात्मक लालटिन तथा परम्परागत चिनियाँ सौन्दर्यबाट प्रेरित आधुनिक डिजाइनहरू यसको मुख्य आकर्षण हुन्।

यीमध्ये केही सामग्री अमूर्त सांस्कृतिक सम्पदाका संरक्षक कलाकारका सिर्जना हुन् भने केही युवा कलाकारहरूले आधुनिक शैलीमा पुनःव्याख्या गरेका कृतिहरू हुन्।आगन्तुकलाई थप आकर्षित गर्न ‘प्याटर्न्स अफ लाइफ’ नामक डिजिटल अनुभव, परम्परागत रबिङ वर्कशप, ड्रागन बोट फेस्टिभलसँग सम्बन्धित जोङ्जी परिकारको स्वाद, ताइजी प्रदर्शन, संगीत तथा कविता प्रस्तुति जस्ता विशेष कार्यक्रम पनि समावेश गरिएका छन्।

आयोजकका अनुसार यस प्रदर्शनीले नेपाल र चीनबीच सांस्कृतिक संवाद, जनस्तरको सम्बन्ध र सिर्जनात्मक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-27
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२९ जना घाइते
दुर्गेश र प्रियंकाको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइयो
३६ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादनको तयारी
२०८३ साउन २ गते शनिबार: आजको राशिफल
