काठमाडौं । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा प्रारम्भ हुने भएको छ । रथ यात्राको पहिलो दिन मंगलबार बाजागाजासहित सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । मंगलबार रथ पुल्चोकबाट गाःबाहलसम्म तानिएको छ ।

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ । जावालाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।








रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-22
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२९ जना घाइते
दुर्गेश र प्रियंकाको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइयो
३६ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादनको तयारी
२०८३ साउन २ गते शनिबार: आजको राशिफल
