
धनकुटा । धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् । संस्कृति लोपहुन नदिई बचाई राख्न माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका हुन् ।
लदी भनेको माझी भाषामा नदी अर्थात् कोशीको रूपमा अर्थ लगाउने गरेको सो समुदायको अगुवाहरूको भनाइ छ । खोला तथा नदी किनारमा आश्रित हुने भएकाले डुङ्गा चलाउँदा, माछा मार्दा र नदीमा पौडी खेल्दा सुरक्षित हुने कामना गर्दै पहिले–पहिले लदी पूजा गरिन्थ्यो । माझी समुदायका अगुवा नविन माझिका अनुसार लामो समयसम्म बन्द रहेको सो पूजा अघिल्लो वर्ष साँगुरीगढी गाउँपालिका –३ कुसेटारमा मनाएको बताए ।
यो वर्ष चौबिसे गाउँपालिका–५ समुदायमा निकै खुसीयालीपूर्वक मनाएका हौँ । धनकुटाको साप्तिङटार, भैँसे, लेगुवा, कुसेटार, याक्चाना, सदाम र सिम्सुवा लगायतका स्थानमा माझी जातिको बसोबास छ ।
खोला तथा नदी किनारमा बसोबास गर्ने माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार परम्परागत लदी पूजा मनाउने गरेका छन् । यसको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउनु रहेको माझी समुदायको अगुवा देवी माझीले बताएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार ०९:१४
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
