काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्ने बताएका छन् । कतारमा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा केही प्रगति भएको रिपोर्टका बीचमा बाइडेनको टिप्पणी आएको हो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूलाई दिएको जानकारीअनुसार दुवै पक्ष युद्धविरामको नजिकै रहेको बाइडेनको भनाइ छ । न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले इजरायलको मुख्य सहयोगी भएको नाताले आफू अब इजरायल युद्धविरामका लागि तयार हुने आशामा रहेको पनि बताए । इजरायलले हमासविरुद्ध अभियान चलाउँदा सर्वसाधारणको सुरक्षाको बारेमा सोच्नैपर्ने बाइडेनको भनाइ छ ।
गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई गएको हप्ता अमेरिकाले भिटो गरेको भन्दै व्यापक आलोचना भएको थियो । यसको सट्टामा अमेरिकाले अस्थायी युद्धविरामको प्रस्ताव गरेको छ भने इजरायललाई दक्षिणी गाजाको शहर रफाहमा आक्रमण नगर्न चेतावनी दिएको छ ।
गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जाने गरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले बदला लिइरहेको छ । बदलाका क्रममा गाजामा झन्डै ३० हजार जनाको ज्यान गएको छ भने शहर लगभग ध्वस्त भइसकेको छ । हमासले दुई सय ५३ जनालाई बन्धक बनाएकोमा अझै केही रिहा हुन बाँकी छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-28
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
