महाशिवरात्रीदेखि नीलकण्ठेश्वर धामको जयगान गरिने

बनेपा । बनेपाको नीलकण्ठेश्वर धाममा महादेवको जयगान गरिने भएको छ । फागुन २५ गते महाशिवरात्रीदेखि नीलकण्ठेश्वर महादेवको जयगानसहित धाममा गुन्जाइने भएको हो । स्थानीयका अनुसार त्यस धामलाई सदैव गुन्जायमान् बनाउने गरी नीलकण्ठेश्वर महादेवको जयगान तयार पारिँदैछ ।

नीलकण्ठेश्वर महादेव विराजमान् हुनुहुन्छ । धामको परिसरमा १०८ शिवलिङ्ग रहनुभएको छ । लक्ष्मीनारायण, शेषशायी विष्णु, वासुकि नाग, हनुमान र बुद्ध पनि बस्नुभएको छ । पाञ्चायन देवताको मन्दिर बन्दैछ । छेउमै सरस्वती र राधाकृष्ण हुनुहुन्छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार ०९:१२