अमेरिका , अमेरिकाले अवैध रूपमा बसिरहेका नेपालीहरूलाई निष्काशन गर्ने क्रम जारी राखेको छ । पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित भएका छन्। निष्काशनमा पर्नेहरुमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक–एक जना रहेको स्रोतले जनाएको छ ।
गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्काशन गरेको हो।उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ । उनीहरुमध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो ९मेक्सिको० हुँदै अमेरिका पुगेका थिए । उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकामध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिकाले नेपाल डिपोर्ट गरेको हो ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा शपथ लिएपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएको हो । राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि निरन्तर धरपकड गर्दै आएको छ। अहिले पनि ठूलो संख्यामा नेपालीहरू त्यहाँको अध्यागमन प्रहरी आइसीईको निगरानीमा छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-06
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
