काठमाडौं – नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) ले नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ ।
एनसीएचएललाई आ.व. २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा नेपाल चार्टर्ड एकानउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।
अर्वाड प्राप्त गरेसँगै कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्नो सेवालाई थप सुधार गर्दै लैजाने प्रतिबद्धता जाहेर गरेको छ ।
“सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजरतर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
अघिल्ला वर्षहरूमा पनि एनसीएचएलले आईक्यान तथा साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्सबाट विभिन्न पुरष्कार तथा सम्मानहरू प्राप्त गर्दै आइरहेको छ ।
सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरस्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
