
काठमाडौं । मानिसको रगतमा हुने रातो गोलाकार प्रकारको रगतको कोषिकाहरुको स्वरुपमा परिवर्तन भई हुने रक्तअल्पताको रोगलाई सिकलसेल एनिमिय रोग भनिन्छ । यो रोग वंशाणूगत रोग हो । आमाबूवा दूवैमा यो रोग छ भने बच्चाहरुलाई पनि यो रोग सर्ने सम्भावना हून्छ । यो रोग नेपालको खासगरी तराईको दाङ्ग, बर्दिया र बाँके जिल्लाका थारु समूदायमा बढी र्पाइन्छ ।

रोटरी क्लब अफ बागमेती काठमाडौंले सिकल सेल एनिमिया रोगबाट प्रभावित हुन सक्ने तराइको जिल्लाहरु मध्येको बर्दिया जिल्लाको बारबर्दिया नगर अस्पताललाई सिकल सेल एनिमिया रोगको छुट्टै उपचार कक्ष संचालन गरी व्यवस्थित रुपले उपचार गर्न को लागि करीब १४०,०००/- बराबरको अस्पताल सामाग्री सहयोग स्वरुप प्रदान गरिएको छ ।

प्रदान गरिएका सामाग्रीहरुमा रेलिगं सहितको हस्पितल बेड ४, बेड साइद लकर ४, औषधि राख्ने ट्रे ४, आइ भि ४, हस्पिटल बेड मेट्ट्रेस ४, वाटर प्रूफ कभर सहितको टकिया ४, तन्ना ४ र अक्सिजन फ्लो मिटर सेट ४ थान रहेका छन् । उक्त अस्पतालले यस सहयोगको लागि रोटरी क्लब अफ बागमती काठमाडौलाई धन्यबाद दिनूको साथै यसबाट अस्पताललाई सिकलसेल एनिमिया रोगका बिरामीहरुको उपचार गर्न धेरै सधाउ पुग्ने विश्वास व्यक्त गरे ।
Sudina Shrestha
प्रकाशित: २८ माघ २०८१, सोमबार १८:३४
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
