काठमाडौं । मानिसको रगतमा हुने रातो गोलाकार प्रकारको रगतको कोषिकाहरुको स्वरुपमा परिवर्तन भई हुने रक्तअल्पताको रोगलाई सिकलसेल एनिमिय रोग भनिन्छ । यो रोग वंशाणूगत रोग हो । आमाबूवा दूवैमा यो रोग छ भने बच्चाहरुलाई पनि यो रोग सर्ने सम्भावना हून्छ । यो रोग नेपालको खासगरी तराईको दाङ्ग, बर्दिया र बाँके जिल्लाका थारु समूदायमा बढी र्पाइन्छ ।

रोटरी क्लब अफ बागमेती काठमाडौंले सिकल सेल एनिमिया रोगबाट प्रभावित हुन सक्ने तराइको जिल्लाहरु मध्येको बर्दिया जिल्लाको बारबर्दिया नगर अस्पताललाई सिकल सेल एनिमिया रोगको छुट्टै उपचार कक्ष संचालन गरी व्यवस्थित रुपले उपचार गर्न को लागि करीब १४०,०००/- बराबरको अस्पताल सामाग्री सहयोग स्वरुप प्रदान गरिएको छ ।

प्रदान गरिएका सामाग्रीहरुमा रेलिगं सहितको हस्पितल बेड ४, बेड साइद लकर ४, औषधि राख्ने ट्रे ४, आइ भि ४, हस्पिटल बेड मेट्ट्रेस ४, वाटर प्रूफ कभर सहितको टकिया ४, तन्ना ४ र अक्सिजन फ्लो मिटर सेट ४ थान रहेका छन् । उक्त अस्पतालले यस सहयोगको लागि रोटरी क्लब अफ बागमती काठमाडौलाई धन्यबाद दिनूको साथै यसबाट अस्पताललाई सिकलसेल एनिमिया रोगका बिरामीहरुको उपचार गर्न धेरै सधाउ पुग्ने विश्वास व्यक्त गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
