नेपाल क्यान्सर निवारण प्रतिष्ठान र साई संकल्प सृष्ष्टिको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । असार १३ नेपाल क्यान्सर निवारण प्रतिष्ठानको पहल तथा साई संकल्प सृष्टि र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसको सहकार्यमा काठमाडौंको बत्तिसपुतलीस्थित साई संकल्प सृष्टि परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ‘स्वस्थ समाज स्वस्थ भविष्य’ भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर आयोजना गरेको हो ।

समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, विभिन्न रोगको प्रारम्भिक अवस्थामै पहिचान गरी समयमै उपचारको पहुँच विस्तार गर्ने तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवासँग जोड्ने उद्देश्यले शिविर आयोजना गरिएको थियो । पछिल्लो समय क्यान्सरसहित विभिन्न नसर्ने रोगहरू बढ्दै गइरहेको अवस्थामा यस्ता स्वास्थ्य कार्यक्रमले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ ।

शिविरमा नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसबाट डा. रुप नारायण शाह (अध्यक्ष), प्रा.डा. सिताराम चौधरी (वरिष्ठ पेट तथा आन्द्रा रोग विशेषज्ञ), डा.हर्ष तिवारी (दन्त चिकित्सक, डा. श्रृङ्खला श्रेष्ठ (मेडिकल अफिसर), डा. सीमम अख्तर (वरिष्ठ क्यान्सर विशेषज्ञ), डा. बनिरा कार्की (स्तन क्यान्सर विशेषज्ञ चिकित्सक), नेहा शाही (स्टाप नर्स), मनप्यारी चौधरी (प्रयोगशाला प्राविधिक), रोनी पुजारी (दन्त सहायक), प्रति रमौली (सौन्दर्य प्रसाधन सहायक) लगायत उशा हेल्थ सर्भिसेसबाट अमित यादव (स्वास्थ्य सहायक), हेमा बिष्ट (नर्स), बालबिक्रम बालाजी यादव (स्वास्थ्य सहायक), त्यसै गरी साई संकल्प सृष्टिबाट पुनिता चौधरी, उमा सुवेदी, रुमन बिक्रम सिंह, जनक कढेल, ओमकार रौनियार, घनश्याम पराजुली, चन्द्रकला क्षेत्री, फुङ्सा पाङ्धाक, कल्पना राई, महेश आचार्य, अभिषेक पाण्डे, सरोज साईराम, विकास माझी, पुजन चालीसे, भरत पराजुली, माधव सिलवाल, सकुन्तला कार्की, शिव राना, सुमित शाह, रुपक श्रेष्ठ, हिमाल खड्का, खगेन्द्र खड्का, किरन शाह, विष्णु निरौला, सुस्मा अधिकारी, निरेन्द्र अधिकारी, गंगा अर्याल, चाँदनी रहाडी र नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, कोषाध्यक्ष फुपु तेन्जिङ शेर्पा, न्हुज गुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ, कार्यक्रमका प्रमुख युबिका श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइली, फोटोग्राफर राम कृष्ण गर्तौलाको उपस्थित रहेको थियो ।

शिविरमा सहभागीहरूलाई जनरल हेल्थ चेक–अप, लिभर सम्बन्धी परीक्षण, ग्यास्ट्रो चेकअप, मुटु रोग परीक्षण, अन्कोलोजी (क्यान्सर) सम्बन्धी स्वास्थ्य परीक्षण तथा डेन्टल चेकअप लगायतका सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो । अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्शसमेत प्रदान गर्ने व्यवस्था मिलाइएको थियो ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानले समुदायमा क्यान्सर तथा अन्य जटिल रोगबारे जनचेतना फैलाउने, प्रारम्भिक परीक्षणको महत्वबारे जानकारी गराउने र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यका साथ विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस शिविरले पनि स्थानीय बासिन्दाहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गर्न तथा आवश्यक स्वास्थ्य परामर्श लिन महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

आयोजकले स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरू, ज्येष्ठ नागरिक, महिला, युवा तथा स्थानीय बासिन्दाहरूलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ । स्वास्थ्य परीक्षणमार्फत रोगको प्रारम्भिक पहिचान गर्न सकिने भएकाले समयमै जाँच गराउन सबैलाई अनुरोध गरिएको छ । यस प्रकारका कार्यक्रमले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-27