काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आयोजनामा गत हप्ता ललितपुरको लगनखेलस्थित माइलस्टोन स्कूलका करिब ३५० जना विद्यार्थी र अभिभावक लगायत शिक्षकहरुलाई निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरियो । विद्यार्थीहरुको स्वास्थ्य अवस्था प्रारम्भिक चरणमै पहिचान गर्ने तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सिटी स्माइल्स डेन्टल एण्ड अर्थोडोन्टिक्स प्रा.लि का विशेषज्ञ टोलीले विद्यार्थीहरूको दाँत तथा मुख स्वास्थ्य परीक्षण गरेका थिए । दन्त परीक्षण टोलीमा डा. डेनिला कार्की, डा.ऋतिका तुलाधार, डेन्टल हाइजिनिस्ट आराधना खड्का तथा अस्मिता शिवाकोटी सहभागी थिए । टोलीले दाँतको अवस्था मूल्याङ्कन गर्नुका साथै सही तरिकाले दाँत सफा गर्ने विधि, मुख स्वास्थ्यको महत्व तथा भविष्यमा अपनाउनुपर्ने सावभानीबारे जानकारी प्रधान गरेको थियो ।

त्यसैगरी, काठमाडौं नेशनल मेडिकल कलेज तथा टिचिङ हस्पिटलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले विद्यार्थीहरूको सम्पूर्ण शारीरिक स्वास्थ्य परीक्षण सम्पन्न गरेको थियो । टोलीमा डा. समीर महासेठ (बालरोग विशेषज्ञ), डा. सङ्गीता प्रजाप्रति (मेडिकल अफिसर), डा. भाग्य नारायण (मेडिकल अफिसर), दिलिप शाह (हस्पिटल व्यवस्थापक) तथा नर्स निभा चौधरी सहभागी थिए । टोलीले विद्यार्थीहरूको सामान्य स्वास्थ्य अवस्था परिक्षण गरी आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन लियो क्लब अफ काठमाडौं ह्याप्पिनेसका सदस्यहरु तथा विद्यालय प्रशासनको महत्वपूर्ण भूमिका रहेको थियो । कार्यक्रम व्यवस्थापन, स्वास्थ्य परीक्षणको सहजीकरण तथा समग्र वातावरण सहज र अनुशासित बनाउन उनीहरुले सक्रिय सहयोग गरेका थिए ।

कार्यक्रममा माइलस्टोन स्कुलका प्रधानाध्यापक अनुप लाल न्याछ््यौं, शिक्षिकाहरु नतासा राई (हाउस नर्स), सरु तामाङ, रिना बज्राचार्य, सुशोभिका खत्री र सुबिता महर्जन तथा लियो क्लब अफ काठमाडौं ह्याप्पिनेसका सदस्यहरु बिभिशा गुरुङ, अल्का कुस्मी, रिया डंगोल लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, प्रमुख कार्यक्रम अभिकृत युबिका श्रेष्ठ, न्हुज गुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइली तथा फोटोग्राफर राम कृष्ण गर्तौला लगायतको उपस्थिति रहेको थियो ।
































माइलस्टोन स्कूल परिवारले यस्ता स्वास्थ्य शिविरले विद्यार्थीहरूमा स्वास्थ्यप्रतिको जिम्मेवारी र सचेतना बढाउनुका साथै प्रारम्भिक अवस्थामै स्वास्थ्य समस्याको पहिचान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको थियो ।


नेपाल क्यान्सर निवारण प्रतिष्ठानले विद्यालय स्तरमै स्वास्थ्य शिक्षा र निःशुल्क स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ । प्रतिष्ठानले विद्यालय केन्द्रित स्वास्थ्य तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-21
नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्धारा माइलस्टोन स्कूलमा विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य शिविर
रास्वपाको प्रथम महाधिवेशन आजदेखि, चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दावी
पूर्वबाट भित्रियो मनसुन, संखुवासभामा १२४.६ मिलिमिटर वर्षा
युवालाई रोजगारीसँग जोड्न फोटोग्राफी तथा डिजिटल मार्केटिङ तालिम
मच्छिन्द्रनाथको भोटो आज देखाइँदै, यस्तो छ भोटो जात्राको किम्वदन्ती
नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
