
काठमाडौं (एजेन्सी) । मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।
मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शनिवार तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
संयुक्त राज्य भूगर्भ सर्वेक्षणले १८.५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठुलो सहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिण पश्चिम रहेको अल हाउस प्रान्तको इघिल सहर नजिक छ ।
भूकम्पमा परी मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
तौराडान्ट र माराकेस सहरहरूमा धेरै घरहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ भाद्र २०८०, आईतवार १२:०४
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
