
काठमाडौँ (एजेन्सी)। दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको हो ।
यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।
गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।
यूनलाई पदबाट हटाउन वा नहटाउने विषयमा महाभियोगको परीक्षणले तय हुने बताउँदै कानुन व्यवसायीहरूले यसरी धरपकड गरी पक्राउ गर्नू जनतामाथि विश्वासघात भएको उल्लेख गरेका छन् ।
Sudina Shrestha
प्रकाशित: २ माघ २०८१, बुधबार ०८:४५
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता

डा. मुकुल ढकालको रिट ‘हेर्न नभ्याइने’ मा
