जेनेभा (एजेन्सी) । संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यूएनएचसीआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ । यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख भएको अनुमान गरे पनि सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।
मुख्यतया सुडानमा गृहयुद्धको कारण शरणार्थीको सङ्ख्या बढेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ अप्रिलमा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा धेरै मानिस सुडानबाट भाग्न बाध्य भएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले पनि शरणार्थी सङ्ख्या वृद्धिमा योगदान पुर्याएको छ ।
यस्तै गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरू जबरजस्ती रुपमा विस्थापित भएका छन् । जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा व्याख्या गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-31
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
