
काठमडौं (एजेन्सी) । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेको छ । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी सञ्चार माध्यमले दाबी गरेको हो ।
विद्रोहीले हिजो सिरियाको राजधानी दमास्कस नियन्त्रणमा लिए लगत्तै राष्ट्रपति बसर अल असद देश छोडेर भागेका थिए । मस्को पुगेका असद र उनको परिवारलाई राजनीतिक शरण दिइएको खबरमा उल्लेख छ । रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता आवश्यक रहेको बताएको छ ।
यस्तै रुसले पछिल्लो सिरिया सङ्कटमा विद्रोही नेताहरुसँग वार्ता र संवादमार्फत राजनीतिक समाधानको खोजी गर्नसमेत आह्वान गरेको छ । यसका लागि आफू मध्यस्तकर्ताको भूमिका खेल्न र मस्कोमै तयारी गर्न सहयोग गर्ने रुसको भनाइ छ ।
यसैबीच सिरियामा बसर अल–असद सरकारको पतनलाई पश्चिमी देशहरूले स्वागत गरेका छन् । फ्रान्स, बेलायत र जर्मनीले असदको सत्ताच्युतको स्वागत गरेका हुन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियाको सत्ताबाट बसर अल–असदको पतनलाई मध्यपूर्व क्षेत्रका लागि ऐतिहासिक दिनको रूपमा व्याख्या गर्दै केही खतराको आशङ्का पनि व्यक्त गरेको छ ।
Sudina Shrestha
प्रकाशित: २४ मंसिर २०८१, सोमबार ०९:४८
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
