काठमाडौं ( एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले जनवरी २९ तारिखमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताइएको हो ।
यस्तै चीनबाट हुने आयातमा १० प्रतिशत अतिरिक्त शुल्क लगाइने पनि उनले बताएका छन् । लागूऔषध, अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई नरोकेसम्म मेक्सिको र क्यानडामाथि लगाइएको कर नहट्ने पनि उनको भनाई छ । ‘यो उनीहरूको लागि धेरै ठूलो मूल्य तिर्ने समय हो ।’ ट्रम्पले भनेका छन् ।
चिनियाँ अधिकारीहरूले फेन्टानिलको कारोबार गर्दा पक्राउ परेका मानिसहरूलाई मृत्युदण्ड दिने प्रतिज्ञा पूरा गर्न असफल भएको भन्दै ट्रम्प चीनसँग पनि आक्रोसित छन् । आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले चीनमा निर्मित सबै उत्पादनहरूमा ६० प्रतिशतभन्दा धेरै शुल्क लगाउने बताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-26
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
