काठमाडौं (एजेन्सी) । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट १ हजार ६ सय ४५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ज्यान गुमाउनेमा ३५ जना बालबालिका र ५८ जना महिला रहेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।मन्त्रालयका अनुसार इजरायलले हिजबुल्लाहविरुद्ध सबैभन्दा ठूलो हवाई आक्रमण गरेको हो जुन सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हिंसाको सबैभन्दा घातक दिन हो ।
तीव्र आक्रमण हुन थालेपछि दशौँ हजार नागरिक दक्षिणी लेबनानबाट भागेका छन् । इजरायलले हिजबुल्लाहमाथि लगातार मिसाइल र रकेट प्रहार गरिरहेको दाबी गरेको छ । हिजबुल्लाहल पनि इजरायलमा रकेट प्रहार गरेको बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-24
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
