
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज भेट गरी सो प्रस्ताव गरेको हो ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।
उक्त भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरे । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
Sudina Shrestha
प्रकाशित: ३० भाद्र २०८१, आईतवार १८:२५
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द

हुम्लाको कर्णाली करिडोर अवरुद्ध

जुवा खेलिरहेका ९ जना काठमाडौँबाट पक्राउ

प्राधिकरणसम्बन्धि विधेयक अगाडि बढाउन ढिलाइ नगरौं- मन्त्री पाण्डे

भारतको कर्नाटकस्थित आरक्षमा २० बाँदरको मृत्यु, छानबिनको आदेश
