काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४७ सयले बढेर तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर तोलाको ४३२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४१८० मा कारोबार भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-28
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२९ जना घाइते
दुर्गेश र प्रियंकाको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइयो
३६ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादनको तयारी
२०८३ साउन २ गते शनिबार: आजको राशिफल
