काठमाडौँ (एजेन्सी) । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ व्यक्तिको मृत्यु भएको छ । आक्रमणमा दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।
आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित सङ्गठन बलुचिस्तान लिबरेशन आर्मी बीएलएले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु गरेको थियो । ठूलो आक्रमण मुसा खेल जिल्लामा गरिएको थियो । जसमा २३ यात्रुहरू मारिएका थिए । लास बेला जिल्लामा छुट्टै आक्रमणमा, आतंकवादीहरूले आफ्नो विस्फोटकले भरिएको गाडीलाई सेनाको क्याम्पको मुख्य गेटमा ठक्कर दिँदा करिव पाँच सैनिकको मृत्यु भएको थियो ।
शिविर नजिकै दुई आत्मघाती हमलाकारीले आफूलाई विस्फोट गराउँदा शिविरभित्र बस्ने एक सैनिकको परिवारका आठ सदस्यको पनि मृत्यु भएको थियो । एउटा छुट्टै घटनामा, बलुचिस्तान प्रान्तको कलात जिल्लामा एक टोल प्लाजा, एउटा अस्पताल र एक जनजाति अगुवाको घरमा आतङ्ककारीहरूले आक्रमण गर्दा पाँच सुरक्षाकर्मीहरू सहित १० जनाको मृत्यु भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-27
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
