काठमाडौं (एजेन्सी) । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिएका छन् ।
उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा गएराति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुदाँ उनी फ्रान्सको राजधानी पेरिसमा थिए । हिजै मात्र ढाका फर्किएर उहाँले सपथ ग्रहण गरेका हुन् । युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि छन् ।
शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बङ्गलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाएको हो ।
हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लङ्घन गरेको भन्दै दर्जनौँ मुद्दा खेपेका युनुस बङ्गलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा भने विभिन्न सामाजिक अभियानहरुका कारण चर्चित र सम्मानित छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-09
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
