काठमाडौं (एजेन्सी) । बंगलादेशको संसद भंग भएको छ । राष्ट्रपति महममद शाहबुदिनले मंगलबार संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।
केही महिनाअघि मात्रै चुनाव भएर बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको हो । अहिलेको संसद बंगलादेशको १२औँ संसद हो । गत जनवरी ७ मा भएको चुनावबाट यो संसद चलन भएको थियो ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच प्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकैदिन १३५ जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका थिए । यसबाहेक हसिनाको पार्टी आवामी लिगका सांसद र नेताका घरमा तोडफोड गरेका छन् । कयौँ जिल्लामा आवामी लिगका नेताको हत्या गरिएको छ । हिंसापछि पूरै देशमा अराजकता र अशान्तिको स्थिति छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-06
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
