
काठमाडौं (एजेन्सी) । इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी दुई सय जनाभन्दा धेरैको ज्यान गएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा अस्ति सोमवार गएको पहिरोमा परि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय २९ पुगेको हो । पहिरामा परेर अझै धेरै जना बेपत्ता रहेका छन् ।
उद्दार टोलीले पाँच जनाको उद्दार गरेर अस्पताल पुर्याएको छ । पहिरोबाट घरबार गुमाएकालाई सुरक्षित ठाउँमा लगेर खाने र बस्ने व्यवस्था गरिएको छ । स्थानीय अधिकारीका अनुसार एकै ठाउँमा एकपछि अर्को गर्दै लगातार पहिरो गएकाले धेरै क्षती भएको छ ।
इथियोपियामा यही जुलाई महिनाको शुरुदेखि ठूलो वर्षा भएर विभिन्न क्षेत्रमा पहिरो जान थालेको चिनियाँ समाचारसंस्था रोयटर्सले जनाएको छ । अबको दुई महिना आउने सेप्टेम्बरसम्म खराब मौसमको सामना गर्नु पर्ने खबरमा उल्लेख छ । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न र सचेत रहन आग्रह गरिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ श्रावण २०८१, बुधबार ०८:२८
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
