काठमाडौं (एजेन्सी) । इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी दुई सय जनाभन्दा धेरैको ज्यान गएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा अस्ति सोमवार गएको पहिरोमा परि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय २९ पुगेको हो । पहिरामा परेर अझै धेरै जना बेपत्ता रहेका छन् ।
उद्दार टोलीले पाँच जनाको उद्दार गरेर अस्पताल पुर्याएको छ । पहिरोबाट घरबार गुमाएकालाई सुरक्षित ठाउँमा लगेर खाने र बस्ने व्यवस्था गरिएको छ । स्थानीय अधिकारीका अनुसार एकै ठाउँमा एकपछि अर्को गर्दै लगातार पहिरो गएकाले धेरै क्षती भएको छ ।
इथियोपियामा यही जुलाई महिनाको शुरुदेखि ठूलो वर्षा भएर विभिन्न क्षेत्रमा पहिरो जान थालेको चिनियाँ समाचारसंस्था रोयटर्सले जनाएको छ । अबको दुई महिना आउने सेप्टेम्बरसम्म खराब मौसमको सामना गर्नु पर्ने खबरमा उल्लेख छ । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न र सचेत रहन आग्रह गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-24
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
