काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसर पारेर सप्तरीका युवा र्याप कलाकार तथा गीतकार शेखर वाग्ले (Sidd Wagle) ले आफ्नो बहुप्रतीक्षित र्याप गीत ‘जनताको आवाज’ आज बिहान ७ बजे आधिकारिक रूपमा सार्वजनिक गरेका छन्।
सार्वजनिक भएको केही समयमै गीतले युट्युब तथा विभिन्न सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुल्न थालेको छ। दर्शक तथा श्रोताबाट गीतप्रति सकारात्मक प्रतिक्रिया, रचनात्मक सुझाव र व्यापक माया प्राप्त भइरहेको छ। विशेषगरी गीतको सशक्त शब्द, प्रभावशाली र्याप प्रस्तुति, सांगीतिक संयोजन तथा जननेता मदन भण्डारीका विचारलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको पक्षको प्रशंसा भइरहेको छ।
बाल्यकालदेखि नै संगीतप्रति गहिरो रुचि राख्दै आएका शेखर वाग्लेले देश, समाज, मधेश, युवा तथा परिवर्तनका विषयलाई आफ्ना सिर्जनामार्फत निरन्तर उठाउँदै आएका छन्। यसपटक उनले जननेता मदन भण्डारीको संघर्ष, जनमुखी राजनीतिक विचार, जनताप्रतिको समर्पण तथा राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई आधुनिक र्याप शैलीमार्फत नयाँ पुस्तासामु प्रस्तुत गर्ने प्रयास गरेका छन्।
गीतमा प्रेमनाथ अधिकारी को शब्द तथा मेलोडी रहेको छ भने DJ LX ले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। र्याप लिरिक्स, र्याप भोकल तथा प्रस्तुति स्वयं शेखर वाग्ले (Sidd Wagle) को रहेको छ। भिडियोको छायांकन तथा निर्देशन रक कौशल ले गरेका हुन् भने सम्पादन ओम प्रकाश अवस्थी (ईश्वर) ले गरेका छन्।
सांगीतिक यात्राका क्रममा शेखर वाग्लेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न मञ्चहरूमा आफ्नो प्रस्तुति दिइसकेका छन्। विभिन्न संघ–संस्था तथा प्रतिष्ठित व्यक्तित्वहरूबाट सम्मानपत्र, प्रमाणपत्र तथा प्रशंसापत्र प्राप्त गरिसकेका उनी सामाजिक सन्देशमूलक र्यापमार्फत युवा पुस्तामाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएका छन्।
गीत सार्वजनिक भएपछि शेखर वाग्लेले भने, “‘जनताको आवाज’ केवल एउटा र्याप गीत मात्र होइन, यो जननेता मदन भण्डारीप्रतिको सम्मान, उहाँका विचारप्रतिको श्रद्धाञ्जली र नयाँ पुस्तासम्म इतिहास, संघर्ष तथा परिवर्तनको सन्देश पुर्याउने मेरो सानो प्रयास हो। दर्शक–श्रोताबाट प्राप्त भइरहेको अपार माया, सकारात्मक प्रतिक्रिया र सुझावले आगामी दिनमा अझ उत्कृष्ट सिर्जना गर्ने प्रेरणा दिएको छ।”
शेखर वाग्ले हाल अन्तरजिल्ला मधेश प्रदेश राष्ट्रिय युवा सङ्घका संयोजक समेत हुन्। उनी आफू कुनै एक राजनीतिक विचारधारामा सीमित नभई राष्ट्रहित, लोकतान्त्रिक मूल्य, सकारात्मक सोच तथा सबै राजनीतिक दलका रचनात्मक सिद्धान्त र विचारलाई सम्मान गर्ने धारणा राख्छन्। साथै, राजसंस्थाप्रति पनि सकारात्मक दृष्टिकोण रहेको बताउँदै उनी कुनै दललाई केही व्यक्तिका गतिविधिका आधारमा मूल्याङ्कन गर्नु उचित नहुने धारणा व्यक्त गर्छन्। उनका अनुसार केही व्यक्तिका गलत कार्यका कारण कहिलेकाहीँ सिङ्गो पार्टीको छवि प्रभावित हुने अवस्था सिर्जना हुने गरेको छ।
जनताको आवाज बोल्ने, सामाजिक चेतना अभिवृद्धि गर्ने तथा इतिहास र विचारलाई आधुनिक संगीतमार्फत नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ तयार पारिएको ‘जनताको आवाज’ र्याप गीतले सार्वजनिक भएको पहिलो दिनदेखि नै उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ। दर्शक–श्रोताको निरन्तर साथ, सकारात्मक प्रतिक्रिया र उत्साहजनक समर्थनका कारण आगामी दिनमा पनि गीतले अझ व्यापक सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-28
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
नेपालमा पहिलोपटक ISFA 3v3 स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता हुने
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
विश्वकप फुटबलबाट बाहिरिए यी १६ देश
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
विश्वकपबाट बाहिरियो दक्षिण कोरिया
