नेपालमा पहिलोपटक ISFA 3v3 स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता हुने

काठमाडौं, नेपालमा पहिलोपटक “Xtreme Football Fever ISFA 3v3 Street Football World Cup Qualifiers Nepal 2026” आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो।

देशभरबाट ९२ टोली सहभागी हुने प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बरमा नेदरल्याण्ड्समा हुने ISFA 3v3 Street Football World Cup 2026 मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।

विजेता टोलीलाई विश्वकप यात्रा, तीन महिनाको व्यावसायिक खेलाडी सम्झौता तथा विशेष प्रशिक्षणको सुविधा पनि प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगिता जुलाई १ देखि १९ सम्म काठमाडौंका विभिन्न ऐतिहासिक स्थानमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार यस प्रतियोगिताले नेपाली स्ट्रिट फुटबललाई नयाँ उचाइमा पुर्‍याउँदै युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म जोड्ने लक्ष्य लिएको छ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-28