काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरको हो ।
नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् ।
त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड पाएको बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४२० ले ग्रेड प्राप्त गरेका छन् ।
कक्षा १२ को नियमिततर्फ ६९.७५ प्रतिशत आंशिकतर्फ ४२.३८ प्रतिशत र कुल ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३५ दिनमै यस बर्ष नतिजा आएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-19
सुर्तिजन्य पदार्थको कुलतमा किशोर अवस्थाकै प्रयोगकर्ता उच्च
नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड-२०२६’का सहभागीलाई क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम
कक्षा १२ को नतिजा प्रकाशित
युवा उद्यमी रोजल शाहीलाई ‘कर्पोरेट युथ इन्टरप्रेनर अवार्ड-२०२६’
राससका फोटोपत्रकार वन्तलाई कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६ बाट सम्मान
MŌDA Yoga Festival 2026 to celebrate International Yoga Day in Lalitpur with Free Yoga Sessions, Wellness Marketplace, Live Music, and Sunset Kirtan
