सुर्तिजन्य पदार्थको कुलतमा किशोर अवस्थाकै प्रयोगकर्ता उच्च

काठमाडौं । नेपालमा १५ देखि ४९ वर्ष समूहका करिब ४२ प्रतिशत पुरुष र ५ प्रतिशत महिला सूर्तीजन्य पदार्थको नियमित सेवनकर्ता रहेको पाइएको छ । राष्ट्रिय तथ्याक्र कार्यालयले सार्वजनिक गरेर्को चौथो नेपाल बहुसुचक सर्वेक्षण २०८१÷२०८२’को प्रतिवेदनले देशको उत्पादनशील उमेर समूहमा सुर्तीजन्य पदार्थको लत भयावह रहेको देखाएको हो ।
तथ्याक्र अनुसार, १५ देखि ४९ वर्षका ५.१ प्रतिहत महिला र ४१.८ प्रतिशत पुरुष कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थको कुलतमा छन् । यसअघि सन् २०१९ मा गरिएर्को नेपाल स्टेप्स सर्भे’ले १५ देखि ६९ वर्ष उमेर समूहका ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाहरु सुर्तीको लतमा रहेको देखाएको थियो । अहिलेको सर्वेक्षणमा उमेर समूह साँघुरो (१५–४९ वर्ष) भएकाले प्रतिशतमा केही कमी देखिए पनि युवा र किशोर अवस्थामा लतको विस्तार झन् जोखिमपूर्ण देखिएको जानकारीहरु बताउँछन् ।
१५ वर्ष नपुग्दै चुरोटको अनुभव प्रतिवेदनको सबैभन्दा डरलाग्दो पक्ष भनेको बाल्यावस्थामै चुरोटको लत सुरु हुनु हो । सर्वेक्षणले ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअधि नै चुरोटको अनुभव गरिसकेका छन् । भौगोलिक आधारमा हेर्दा काठमाडौँ उपत्यकाका किशोर–किशोरीमा यो समस्या सबैभन्दा बढी देखिएको छ । त्यसपछि गण्डकी प्रदेशको ग्रामीण क्षेत्रका ४.४ प्रतिशत र सुदुरपश्चिमको ग्रामीण भेगका ४.१ प्रतिशत किशोर–किशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा फसिसकेको तथ्याक्र छ ।
अति गरिब वर्ग बढी प्रभावित सर्वेक्षणले आर्थिक अवस्था र सूर्तिको लतबीच प्रत्यक्ष सम्बन्ध रहेको समेत खुलाएको छ । प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थको प्रयोगकर्ता धनीभन्दा गरिब वर्गमा बढी छन् । अति गरिब वर्गका २५.५ प्रतिशत व्यक्ति सुर्तीको कुलतमा रहँदा अति धनी वर्गमा यो दर १६.१ प्रतिशतमात्र रहेको पाइएको छ । यसले गरिब परिवारको आम्दानीको ठुलो हिस्सा स्वास्थ्यका लागि हानिकारक वस्तुमा खर्च भइरहेको र उनीहरु थप गरिबीको चक्रमा फस्ने जोखिम बढाएको छ ।
दैनिक २० खिल्लीभन्दा माथि चुरोट पिउनेमा किशोरहरु नै अगाडि रहेको सर्वेक्षणले अर्को एउटा डरलाग्दो तथ्य सार्वजनिक गरेको छ । धेरै चुरोट पिउनेमा वयस्कभन्दा किशोरहरु अगाडि छन् । दैनिक २० खिल्लीभन्दा बढी चुरोट सेवन गर्नेहरुमा १५ देखि १७ वर्ष उमेर समूहका किशोरहरुको हिस्सा ठुलो छ । सर्वेक्षणमा सहभागी सो उमेर समूहका १ हजार ८९९ जनामध्ये ९.५ प्रतिशतले दैनिक २० खिल्लीभन्दा माथि चुरोट पिउने गरेको बताएका छन् ।
विज्ञहरुको चिन्ता र सुझाव स्वास्थ्य विज्ञहरुका अनुसार सानै उमेरमा सुर्तीको लत लाग्नुले भविष्यमा क्यान्सर, मुटु रोग र श्वासप्रश्वासका समस्याहरु भयावह रुपमा बढने संकेत गर्दछ । तथ्याक्र कार्यालयले सार्वजनिक गरेको यो प्रतिवेदनले सरकारको सुर्ती नियन्त्रणसम्बन्धी कानुन र अभियानहरु प्रभावकारी हुन नसकेको पुष्टि गरेको छ । सरकारी विद्यालय, समुदाय र विशेषगरी काठमाडौँ जस्ता सहरी क्षेत्रका किशोर–किशोरीलाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सञ्चालन गनुपर्ने र सुर्तीजन्य पदार्थान कर वृद्धि गरी यसको पहुँचमा कडाइ गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-19

सम्बन्धित शीर्षकहरु