काठमाडौं (एजेन्सी) । साउदी अरबमा चरम गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको सङ्ख्या एक हजार नाघेको छ। ज्यान गुमाउनेमध्ये आधाभन्दा धेरै दर्ता नभएका तीर्थयात्री रहेका एएफपीले जनाएको छ । हिजो प्रकाशित नयाँ प्रतिवेदनअनुसार हज तीर्थयात्राको क्रममा झण्डै १० देशका एक हजार ८१ जनाको ज्यान गएको अरबका एक कूटनीतिज्ञले बताएका छन् ।
इजिप्ट, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकका नागरिकको हज यात्रामा ज्यान गएको बताइएको छ । अझै अरु थुप्रै तीर्थयात्रीहरू बेपत्ता भएका छन् । इस्लामिक क्यालेन्डरले निर्धारण गरेको समयमा गरिने हज यात्रा यस वर्ष साउदीको चर्को गर्मीको समयमा परेको हो ।
त्यहाँको राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको शुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो । गएको महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-21
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
