काठमाडौँ । इरानसँगको युद्धविरामको सम्झौता लेबनानमा पनि लागु हुने भनिएको भएपनि इजरायलले लेबनानको तटीय सहर टायरमा आक्रमण गरेको छ । आक्रमणअघि नै इजरायली सेनाले स्थानीय बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको थियो ।
इजरायली सेनाले चेतावनी जारी गर्दै सुरक्षाका लागि जहरानी नदीको उत्तरतर्फ सर्न आग्रह गरेको थियो । सोही चेतावनीपछि सहरमा ठूलो विस्फोट भएको खबर सार्वजनिक भएको छ ।
सेनाका अनुसार उक्त क्षेत्रमा हिजबुल्लाहका ठेगानालाई लक्षित गर्दै आक्रमण गरिएको हो । अल अब्बासियाह र शिब्रीहा क्षेत्रका बासिन्दालाई विशेष रूपमा सतर्क रहन भनिएको थियो ।
इजरायलले हिजबुल्लाहबाट सम्भावित खतरा रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको जनाएको छ । प्रभावित क्षेत्रका मानिसहरूलाई दक्षिणी लेबनानबाट जहरानी नदीको उत्तरतर्फ जान निर्देशन दिइएको छ ।
इजरायलले लेबनानमा युद्धविराम नहुने स्पष्ट गर्दै आक्रमण जारी रहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-08
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
