
काठमाडौं । किरात समुदायले उभौली पर्व मनाएका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन् । यो वर्ष जेठ १० गते उभौली परेको थियो ।

किरात समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ । यो पर्वको अवसरमा साकेला सिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ ।

साकेला सिली नाच्नुअघि सबैको घरघरमा हुइलुङ पूजा गरिन्छ । उभौलीकै अवसरमा जेठ २६ गते काठमाडौंको टुँडिखेलमा किराती भेषमा युवादेखि वृद्धवृद्धा भेला भएर साकेला सिली नृत्य गरेका थिए ।










रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ जेष्ठ २०८१, सोमबार ०८:१८
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
