काठमाडौं (एजेन्सी) । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्को अस्थायी सदस्य चुनेको हो ।
यी पाँचै देशको कार्यकाल २ वर्षको हुने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ । आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीजरल्याण्डको कार्यकाल समाप्त हुनेछ । उनीहरुको स्थान नवनिर्वाचित डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियाले लिने छन् ।
सुरक्षा परिषद्मा पहिलेदेखि नै अल्जिरिया, गयाना, दक्षिण कोरिया, सियरा लियोन, स्लोभेनिया अस्थायी सदस्य छन् । संयु्क्त राष्ट्रसंघको सुरक्षा परिषद्मा १० अस्थायी र ५ स्थायी सदस्य हुन्छन् । अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य हुन् । स्थायी देशहरुलाई भिटो प्रयोग गर्ने अधिकारसमेत हुन्छ ।
१० अस्थायी सदस्य राष्ट्र दुई वर्षका लागि मात्र चुनिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा निर्वाचनमार्फत् अस्थायी सदस्य राष्ट्र चुनिन्छ । महासभाका १९३ सदस्य राष्ट्रहरुले अस्थायी सदस्य राष्ट्र चुन्दा क्षेत्रीय प्रतिनिधित्वलाई समेत ख्याल गरिन्छ ।
५–५ अस्थायी सदस्य राष्ट्र चुन्न हरेक वर्ष निर्वाचन हुन्छ । स्थायी र अस्थायी गरी सुरक्षापरिषदका १५ सदस्य राष्ट्रको जिम्मेवारी विश्वमा शान्ति सुरक्षालाई कायम राख्ने हुन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-07
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
