काठमाडौं । यो हो नयाँ संसद भवन (तल तस्बिर हेर्नुुस्) । सिंहदरबार परिसरभित्र बनेको यही नयाँ भवनमा आगामी साता नयाँ संसद बैठक बस्दैछ । संसद बैठकमा लागि संसद सचिवालयले तिव्र तयारी गरिरहेको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ । दुई सिट कम दुई तिहाइ बहुमत जितेको रास्वपाकै नेतृत्वमा नयाँ सरकार बन्दैछ ।
रास्वपाको सरकार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा हुनेछ भन्ने कुरा बाहिर आइसकेको छ । साथै, रास्वपाले बालेनलाई संसदीय दलको नेता बनाउँदैछ भन्ने अहिले चर्चा छ । संसदीय दलका नेता प्रधानमन्त्री हुने संसदीय अभ्यास भएकोले पनि रास्वपाले बालेनलाई दलको नेता बनाउन लागेको हो ।

रास्वपा नयाँ सोच र विचार लिएर नेपाली राजनीतिमा उदाएको हो । त्यसैले जनताबाट पनि रास्वपाबाट नयाँ नयाँ काम हुने अपेक्षा गरेका छन् । नेपाली जनताको एउटा अपेक्षा के भने पहिलो संसद बैठकमै सबै सांसदहरु नेपाली राष्ट्रिय पोषक दाउरा सुरुवालमा देख्न पाइओस् । त्यस्तै, महिला सांसदहरु पनि सारीमा सजिएर संसद बैठकमा उपस्थित होस्, जसले संसद र नेपालीको पहिचान झल्किने मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा समेत पाउने छ ।
यसैबीच, पहिलो संसद बैठक बस्ने तयारी भइरहेको बेला सभामुख को होला ? भन्ने पनि नेपालीहरुमा कौतुलता जागेको छ । कतिपयको अनुमान छ कि सांसद इन्दिरा राना मगरलाई रास्वपाले सभामुख बनाउँदैछ । यो चर्चा र अनुमान यही पनि हो किनकि, रास्वपाका १८२ सांसदहरुमध्ये इन्दिरा हरेक तवरबाट अनुवभी मानिन्छिन् । उमेरले मात्र नभएर यसअघि पनि उनले उपसभामुखको जिम्मेवारी वहन गरिसकेकी छन् । सामाजिक रुपमा समेत बेग्लै पहिचान बनाएकी सांसद इन्दिरालाई रास्वपाले सभामुख बनाएको खण्डमा जनताबाट पनि सकरात्मक प्रतिक्रिया आउने छ ।

त्यसो त अहिले रास्वपाभित्र पनि इन्दिरालाई सभाुमख बनाउनुपर्ने माग उठिरहेको छ । इन्दिरालाई सभामुख बनाए पार्टीका अन्य सांसदहरु पनि सहमत हुने एक नेताले बताएका छन् । उनका अनुसार अब केही दिनमै पार्टीले सभामुख चयन गर्दैछ । त्यसका इन्दिराको नाम पहिलो नम्बरमा रहेको ती नेताको भनाइ छ ।
यस्तै, उपसभामुख विपक्षी दलबाट चयन गरिने भएकोले राप्रपाका एक मात्र सांसद ज्ञानेन्द्र शाहीलाई उपसभामुख बनाउनुपर्ने जनस्तरमा आवाज उठ्न थालेको छ । यो जनआवाज मात्र नभएर ज्ञानेन्द्र शाही उपसभामुख हुनेमा निश्चित जस्तै पनि देखिन्छ ।
अब बन्ने सरकारको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस हुने भएकोले कांग्रेसबाट उपसभामुख हुने समभवना देखिँदैन । निर्वाचनबाट तेस्रो दल बनेको नेकपा एमालेले अहिलेसम्म कुनै माग अगाडि सारेको छैन । त्यसैले ज्ञानेन्द्र शाही नै उपसभामुख हुने प्रवल सम्भावना देखिएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-16
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
