काठमाडौँ । अमेरिकी जाँच निकाय एफबीआईले इरानबाट सम्भावित आक्रमण हुन सक्ने भन्दै क्यालिफोर्नियास्थित प्रहरी निकायलाई सतर्क रहन चेतावनी दिएको बताइएको छ ।
मिडिया रिपोर्टमा इरानले अमेरिकाको पश्चिमी तट क्षेत्रमा जवाफी कारबाही गर्न सक्ने आशंकाका आधारमा यस्तो चेतावनी दिइएको हो । रिपोर्टहरूका अनुसार इरानले अमेरिकाको तट नजिक रहेको कुनै अज्ञात जहाजबाट ड्रोन प्रयोग गरेर आकस्मिक आक्रमण गर्ने प्रयास गर्न सक्ने सम्भावना औँल्याइएको छ ।
यद्यपि लस एन्जलस टाइम्सले हालसम्म यो खतरा विश्वसनीय प्रमाणसहित पुष्टि नभएको उल्लेख गरेको छ । उनका अनुसार चेतावनी मुख्य रूपमा सावधानीका लागि मात्र जारी गरिएको बताइएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानले जवाफी कारबाहीमा अमेरिकाको भूमिमै आक्रमण गर्ने सम्भावनालाई लिएर आफू चिन्तित नभएको बताएका छन् ।
अर्कोतर्फ अमेरिकी सरकारको एक गोप्य प्रतिवेदनमा भने इरानको सरकार चाँडै पतन हुने सम्भावना कम रहेको उल्लेख गरिएको बताइएको छ । रॉयटर्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न गुप्तचर निकायका विश्लेषणहरूले इरानको सरकार अझै बलियो अवस्थामा रहेको र देशमाथि नियन्त्रण कायम रहेको देखाएको छ ।
प्रतिवेदनमा गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएको दाबी गरिए पनि त्यसपछि पनि सरकारी संरचना कायम रहेको उल्लेख गरिएको छ ।
यसैबीच एक इजरायली अधिकारीले पनि जारी युद्धका कारण इरानको सरकार अवश्य नै ढल्छ भन्ने कुनै निश्चित आधार नभएको स्वीकार गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-12
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
