काठमाडौं (एजेन्सी) । इजरायले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी राख्ने सङ्केत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
पछिल्लो समय विभिन्न मध्यस्तकर्ताको सहयोगमा युद्धविराम हुने चर्चाका बीच इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको बताएको छ । उनले गाजालाई पूर्ण रुपमा नष्ट नगरेसम्म आफ्नो लक्ष्य पूरा नहुने भन्र्दै युद्ध अन्त्य हुने आशामा शङ्का व्यक्त गरेको छ ।
हमासविरूद्धको कारबाही शुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू अस्ति बुधवार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी प्रतिक्रिया आएका हुन् । आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरायलले आफ्नो सैन्य आक्रमण जारी राखेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-31
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
