काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ हिजोदेखि तान्न शुरु गरिएको छ । पुल्चोकमा निर्माण गरिएको रथलाई हिजो पहिलो दिन बाजागाजासहित गःबहाल पुर्याइएको छ । यसअघि वैशाख १२ गतेदेखि शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ गते बिहीवार मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।
रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ । मच्छिन्द्रनाथसँगै मीननाथको रथ पनि तानिएको छ । मीननाथ मच्छिन्द्रनाथका बाबु हुन् । यो रथ अलि होचो हुन्छ ।
मच्छिन्द्रनाथको जात्रालाई नेपालकै सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । रातो मच्छिन्द्रनाथको जात्राभर झन्डै १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-12
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
