
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ हिजोदेखि तान्न शुरु गरिएको छ । पुल्चोकमा निर्माण गरिएको रथलाई हिजो पहिलो दिन बाजागाजासहित गःबहाल पुर्याइएको छ । यसअघि वैशाख १२ गतेदेखि शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ गते बिहीवार मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।
रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ । मच्छिन्द्रनाथसँगै मीननाथको रथ पनि तानिएको छ । मीननाथ मच्छिन्द्रनाथका बाबु हुन् । यो रथ अलि होचो हुन्छ ।
मच्छिन्द्रनाथको जात्रालाई नेपालकै सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । रातो मच्छिन्द्रनाथको जात्राभर झन्डै १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३० बैशाख २०८१, आईतवार ०८:११
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
