मस्कोमा रूसी वरिष्ठ जनरलमाथि गोली प्रहार, अवस्था गम्भीर

मस्को, रूसका वरिष्ठ जनरल भ्लादिमिर अलेक्सेभमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन्। गम्भीर घाइते जनरल अलेक्सेभलाई तत्काल अस्पतालमा भर्ना गरिएको रूसी अनुसन्धान समितिले जनाएको छ।

घटनालाई स्पष्ट हत्या प्रयास का रूपमा हेरिएको छ भने संलग्न सन्दिग्धको पहिचान र खोजीका लागि अनुसन्धान तीव्र पारिएको छ। पछिल्लो समय उच्च पदस्थ रूसी सैन्य अधिकारीहरू लक्षित आक्रमणका घटनाहरू बढ्दै गएका छन्।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-02-06