काठमाडौँ । लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीका छोरा र एक समय सत्ताका उत्तराधिकारी मानिने सैफ अल इस्लाम गद्दाफीको मृत्यु भएको छ । उनी ५३ वर्षका थिए । लिबियाली अधिकारीहरूले पश्चिमी लिबियाको जिन्टान शहरमा उनको गोली हानेर हत्या भएको दाबि गरिएको छ ।
यो घटनाले देशको अस्थिर सुरक्षा अवस्था र लामो समयदेखि चलिरहेको राजनीतिक द्वन्द्वलाई फेरि एक पटक चर्चामा ल्याएको छ ।
पश्चिमी लिबियाका दुई सुरक्षा अधिकारीहरूका अनुसार, राजधानी त्रिपोलीबाट लगभग १३६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित जिन्टान शहरमा सैफ अल इस्लामको मृत्यु भएको बताइएको छ ।
सैफ अल इस्लामका वकिल, खालेद अल जैदीले फेसबुक पोस्टमा उनको मृत्युको पुष्टि गरेका छन्, तर कुनै विवरण साझा गरेका छैनन् । यसैबीच, संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको राजनीतिक वार्तामा सैफ अल इस्लामको प्रतिनिधित्व गर्ने अब्दुल्लाह ओथमान अब्दुर्रहिमले पनि फेसबुकमा उनको मृत्युको घोषणा गरेका छन् ।
लिबियाली समाचार आउटलेट फवासेल मिडियाले अब्दुर्रहिमलाई उद्धृत गर्दै सशस्त्र व्यक्तिहरूले सैफ अल इस्लामलाई उनको घरमा हत्या गरेको उल्लेख गरेको छ । रिपोर्ट अनुसार, अभियोजन एजेन्सीहरूले मुद्दाको अनुसन्धान गरिरहेको बताइएको छ । सैफ अल इस्लाम गद्दाफी लामो समयदेखि लिबियाली राजनीति र गृहयुद्धमा एक विवादास्पद व्यक्तित्व हुन् । उनको मृत्युले फेरि एक पटक देशको सुरक्षा अवस्था र राजनीतिक स्थिरतामाथि धेरै प्रश्नहरू उठाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-04
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
