काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको छ । संगठनको केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बसेको बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचालन गर्ने रणनीति तय गरेको छ ।
वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’ (एसटीएफ) क्याम्पिङ गर्ने निर्णय गरेको छ । निर्वाचनका क्रममा हुन सक्ने अवरोध रोक्न र आफ्नो पक्षमा माहोल बनाउन संगठनले ‘एक बुथ, सय युथ’ अवधारणा अनुसार युवा परिचालन गर्ने समेत तयारी गरेको छ । मतदान क्षेत्रकै युवालाई त्यहीँको जिम्मेवारी दिइने र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिने जानकारी अध्यक्ष पुष्प ओलीले दिएका छन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले युवाहरूलाई विशेष भूमिका निर्वाह दिएको निर्देशन अनुसार अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-02
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
