काठमाडौँ । युएईले ५४औं राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीहरूलाई माफी दिएको छ । परराष्ट्र मन्त्रलायले २६७ नेपालीलाई उदारतापूर्वक दिइएको माफीप्रति नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति कृतज्ञता प्रकट गरेको छ ।
मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स बीचको विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र सौहार्दताको अभिव्यक्तिको रूपमा माफीको मैत्रीपूर्ण र मानवीय इशारालाई नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको प्रतिक्रियामा युएईको मैत्रीपूर्ण सरकारले माफीको निर्णय गरेको हो ।
माफी पाएका नेपाली नागरिकहरू, यदि उनीहरूसँग अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको र युएईको प्रचलित कानूनद्वारा तोकिए बमोजिम आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरेपछि नेपाल फर्किने मन्त्रालयले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-01
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
