काठमाडौं (एजेन्सी) । हिन्द महासागर तीव्र गतिमा तातिरहेको एक अध्ययनले देखाएको छ । पहिले हिन्द महासागरमा हरेक वर्ष २० दिन अत्यधिक गर्मी हुने गरेकामा अब चाँडै यो १० गुणा बढ्ने वैज्ञानिकहरूले बताएका छन् । यो प्रति वर्ष २ सय २० देखि २ सय ५० दिन हुने भारतीय म्यागजिन ञडाउन टु अर्थझले जनाएको हो ।
हिन्द महासागरमा समुद्री तापको लहरको असर परेर अत्यधिक तापक्रम बढ्दा भारत, माल्दिभ्स लगायत ४० देशले समस्या भोग्नुपर्ने खबरमा उल्लेख छ । यसका कारण बेमौसमी वर्षा, आँधी, अचानक बाढी लगायतका प्रकृतिक विपत्तिको सम्भावना बढ्ने इन्डियन इन्स्टिच्युट अफ ट्रपिकल मेटियोरोलोजीका वैज्ञानिकले गरेको अध्ययनले बताएको छ ।
अध्ययनले हिन्द महासागरमा जलवायु परिवर्तनको गतिलाई देखाएको छ । जसले मौसमी घटनाहरू बढाउने सङ्केत गरेको छ । विश्वको एक तिहाइ जनसङ्ख्या हिन्द महासागरसँग सिमाना जोडिएका देशहरूमा बस्छन् । हिन्द महासागरको औसत तापक्रम १ दशमलव २ देखि ३ दशमलव ८ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-06
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
