
काठमाडौं (एजेन्सी) । हिन्द महासागर तीव्र गतिमा तातिरहेको एक अध्ययनले देखाएको छ । पहिले हिन्द महासागरमा हरेक वर्ष २० दिन अत्यधिक गर्मी हुने गरेकामा अब चाँडै यो १० गुणा बढ्ने वैज्ञानिकहरूले बताएका छन् । यो प्रति वर्ष २ सय २० देखि २ सय ५० दिन हुने भारतीय म्यागजिन ञडाउन टु अर्थझले जनाएको हो ।
हिन्द महासागरमा समुद्री तापको लहरको असर परेर अत्यधिक तापक्रम बढ्दा भारत, माल्दिभ्स लगायत ४० देशले समस्या भोग्नुपर्ने खबरमा उल्लेख छ । यसका कारण बेमौसमी वर्षा, आँधी, अचानक बाढी लगायतका प्रकृतिक विपत्तिको सम्भावना बढ्ने इन्डियन इन्स्टिच्युट अफ ट्रपिकल मेटियोरोलोजीका वैज्ञानिकले गरेको अध्ययनले बताएको छ ।
अध्ययनले हिन्द महासागरमा जलवायु परिवर्तनको गतिलाई देखाएको छ । जसले मौसमी घटनाहरू बढाउने सङ्केत गरेको छ । विश्वको एक तिहाइ जनसङ्ख्या हिन्द महासागरसँग सिमाना जोडिएका देशहरूमा बस्छन् । हिन्द महासागरको औसत तापक्रम १ दशमलव २ देखि ३ दशमलव ८ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ ।
Sudina Shrestha
प्रकाशित: २४ बैशाख २०८१, सोमबार ०८:१४
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
