काठमाडौँ । सामाजिक अभियन्ता ईः ईः ले रास्वपाका वरिष्ठ नेता बालेन शाहप्रति व्यंग्य गर्दै अझ ठुलो अर्को केपी ओली बन्न लागेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै ईः ईः ले स्टेज सेयर गरेर चिप्लिनुभन्दा स्टाटस लेख्दै बस्नु ठिक हुने भन्दै केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको अवस्थामा भविष्यका लागि अझ ठुलो अर्को केपी चाहिँदैन र ? भन्दै प्रश्न गरेका ।
उनले भनेका छन्:
कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो । चिप्लिनुभन्दा स्टेज म्यानेजड एपिरेन्स गर्नु र स्ट्याटस ठोक्दै बस्नु बेस । त्यतिले दम पुगेकैछ । केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविष्यका लागि अझ अजङ्गको अर्को केपी चाहिएन त ? जर्नालिस्टिक इन्टिग्रिटी र जील भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानूनीराजको उपहास, सामाजिक-आर्थिक नीति, गणतन्त्र – संघीयता – धर्म निरपेक्षता आदिबारे केरकार गर्यो भने पारा तातिएर, भल्कानो पड्केर उत्पात हुनसक्छ। त्यस्तो प्राकृतिक दूर्घटना हुनदिनुहुँदैन ।’
सामाजिक सञ्जाल र मिडियामा भावी प्रधानमन्त्रीका उम्मेदवारबीच सार्बजनिक बहस हुनुपर्ने माग भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमै आफु बहसका लागि तयार रहेको बताएका थिए । त्यसको जवाफमा बालेनले ७६ जना बच्चाको हत्यारासँग मन्च शेयर नगर्ने जवाफ फर्काएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-25
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
