काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुरसमेत ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक भतौडा गाविस-२ को जग्गा रजिष्ट्रेशन लिखित पारित गर्ने क्रममा उक्त जग्गामा कम्पाउन्ड वाल सहितको पक्की घर टहरा र उक्त जग्गा वीरगञ्ज कलैया हुलाकी सडकमा भएकोमा बाटोसँग नजोडिएको र घर नभएको भनी गलत सिफारिस गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारले कलैया उपमहानगरपालिका-३ का तत्कालीन वडा अध्यक्ष म.जलालुदिन मंसुर र तत्कालीन वडा सचिव रघु प्रसाद सहनी गोढीलाई ६ लाख ९४ हजार ६५१, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरलाई ३ लाख ७७ हजार र जग्गा खरिदकर्ता हिरालाल प्रसादलाई ३ लाख १८ हजार ६५१ बिगो माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-25
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
