काठमाडौँ । भारत सरकारले नेपालमा फागुन २१ मा हुने आम निर्वाचनलाई लक्षित गर्दै ६० डबल-क्याब पिकअप सवारी साधन र अन्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।
मंगलबार नेपालका लागि भरका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओम प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् ।
सो असारमा गृहमन्त्री अर्यालले उपहारस्वरूप प्रदान गरिएका सवारी साधन र सामग्रीहरूको लागि भारत सरकार र जनतालाई धन्यवाद दिएका थिए । उनले भारत र नेपाल बीचको गहिरो र व्यापक प्रकृतिको सम्बन्धको पनि प्रशंसा गरेका थिए ।
नेपाल सरकारको अनुरोधको आधारमा, भारतले २००८ देखि नेपाललाई निर्वाचन सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ । यसमा भारत सरकारले निर्वाचन आयोग लगायत नेपालका विभिन्न मन्त्रालय र विभागहरूलाई अहिलेसम्म उपहारस्वरूप लगभग २४ सय सवारी साधनहरू सहयोग गरिसकेको छ । आगामी चुनावको लागि, भारतले नेपाललाई ६५० सवारी साधनहरू सहयोग गर्दैछ, जुन आगामी केही हप्ताहरूमा छुट्टाछुट्टै ब्याचहरूमा डेलिभरी हुने बताइएको छ ।
भारतीय पक्षबाट जारी सहयोग र समर्थन दुई देशहरू बीच रहेको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब भएको दुताबासले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-20
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
