काँग्रेसका कति महाधिवेशन प्रतिनिधिले गरे विशेष महाधिवेशनमा हस्ताक्षर ?

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४९.३ प्रतिशत महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् ।

विशेष महाधिवेशन आयोजकहरुले अहिलेसम्म २३३० भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिएका छन् ।

नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् । केहीबेर अघिदेखि शुरु भएको विशेष महाधिवेशनमा अहिले नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ । 

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-01-11