काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले शनिबार हुने सबै कार्यक्रमहरू स्थगित गरेको विशेष महाधिवेश्नाको व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन् ।
शनिबार भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले र्याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम राखिएको थियो । ती सबै औपचारिक कार्यक्रम स्थगित गरिएको र आइतबार तय भएका कार्यक्रमहरू भने यथावत रहेको उनले बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आइतबार र सोमबार विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-10
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
