काठमाडौँ । उर्जा, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । कुलमानले बुधबार राति पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् । बुधबार राति घिसिङले प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
नागरिक सरकारमा बसेर दलमा आवद्ध भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीले समेत राजीनामा दिन भनिसकेको अवस्थामा पदमा बसिरहेको भन्दै उनको चर्को आलोचना भइरहेको थियो । मंगलबार एक कार्यक्रममा उनले आफु अहिलेसम्म कुनै दलमा आवद्ध नरहेको बताएपछि उनको आलोचना अझ बढेको थियो । प्रधानमन्त्री कार्कीले दलको गतिविधिमा संलग्न भएको भन्दै कुलमानसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन भनेकी थिइन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारमा कुलमान भदौ २९ मा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरि मन्त्री बनाइएको थियो । उनले भदौ ३० गते मन्त्री पदको शपथ लिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-08
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
