काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्क पुर्याइएको छ । अमेरिकी मिडियाहरुले मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको मानहटनमा ल्याएको उल्लेख गरेका छन् ।
मादुरोले अब अमेरिकामा कानुनी कारबाही र सोधपुछको सामना गर्नुपर्नेछ । अमेरिकी प्रशासनले उनीमाथि लागूपदार्थ तस्करी र संगठित अपराधसँग सम्बन्धित गम्भीर आरोपहरूको सामना गरिरहेको बताएको छ ।
हेलिकप्टरमा न्यूयोर्कको मानहटन ल्याउनुअघि मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको स्टीवर्ट एयर नेशनल गार्ड बेसमा विमानबाट ओरालिएको थियो ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रणालीमा उनीहरूको जानकारी प्रविष्ट गर्नुअघि दम्पतीको बायोमेट्रिक्स, औंठाछाप र तस्बिरहरू लिइएको थियो ।
शनिबार अमेरिकाले गरेको अप्रेशनमा मादुरोलाई उनको निवासबाटै आफ्नो कब्जामा लिएको अमेरिकी डेल्टा फोर्सले उनलाई न्यूयोर्कस्थित म्यानहट्टन संघीय अदालतमा पेश गर्ने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-04
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
